काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतमा सभामुख अग्निप्रसाद सापकोटाविरूद्ध दायर गरेको रिट न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलासमा पेशी तोकिएको छ।
सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध एमालेले दायर गरेको रिट निवेदनको गत भदौ २२ मा प्रारम्भिक सुनुवाइपछि छलफलका लागि दुबै पक्षलाई आज बोलाउने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले आदेश दिएको थियो ।
आज उक्त मुद्दामा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा आज संयुक्त इजलासमा सुनुवाइ हुने भएको हो ।
अदालतले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गरेको मिले वा नमिलेको विषयमा १५ दिनभित्र निर्वाचन आयोगसँग लिखित जवाफ माग गरेको थियो । भदौ २२ को आदेशमा विपक्षीहरुको लिखित जवाफ पेश भएको तेस्रो दिन सुनुवाइका लागि पेशी तोक्न भनिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्