झापा । मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खननमा पुनः रोक लगाएको छ । नगरपालिकाले आज सूचना नै जारी गरेर उत्खननमा पुनः रोक लगाएको हो । विगतका वर्षमा नगरपालिकाले असार, साउन र भदौ महिनामा मात्र सो कार्यमा रोक लगाउँदै आएको छ ।
नगरपालिका क्षेत्र भएर बग्ने मेची, हडिया, निन्दा र टिमाई नदीको नदीजन्य पदार्थ ठेक्का लाग्ने प्रक्रियामा रहेकाले अर्को सूचना जारी नभएसम्म वडा कार्यालयलाई उत्खनन गर्न नगराउन जानकारी दिएको प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए । उनले नदीजन्य पदार्थ उत्खनन नभए नभएबारे अनुगमन गर्न १५ वटै वडा कार्यालयसहित इलाका प्रहरी कार्यालय काँकडभिट्टा र धुलाबारीलाई समेत आग्रह गरेको छ ।- रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्