धनगढी – देशभर संविधान दिवस मनाइरहँदा कैलालीमा थारू समुदायले भने यस दिनलाई कालो दिनका रुपमा मनाउदै संविधान जलाउने भएका छन् ।संविधानमा आफ्ना अधिकार नसमेटेकाले संविधानको धारा २ सय ७४ र अनुसुचि ४ जलाएर कालो दिन मनाइने थारू कल्याणकारिणी सभा कैलालीका अध्यक्ष माधव थारूले बताए ।
‘विगतदेखि नै हामीले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउदै आएका छौँ,’ उनले भने, ‘यस पटक पनि त्यसलाई निरन्तरता दिइनेछ ।’ उनले थारू समुदायका मागलाई संविधानमा नसमेटिएसम्म संविधान नमान्ने बताए । ‘थरूहट थारूवान स्वायत्त राज्य, टीकापुर घटनामा दोषी ठहरिएकाको रिहाई’ लगायतका माग राखेर थारू समुदाय आन्दोलनमा छन् ।
थारू समुदायले आज कैलालीको जोशीपुरमा सभासहित कालो दिवस मनाउने कार्यक्रम रहेको थारूले बताए । थारू कल्याणकारिणी सभा कैलाली, थरूहट थारूवान राष्ट्रिय मोर्चा र थारू विद्यार्थी समाजले सभाको संयुक्त आयोजना गर्ने जनाइएकोछ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्