काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी बिहीबारसम्मका लागि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच ‘विनियोजन विधेयक २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित गर्दै बैठक स्थगित गरिएको हो । दुबै विधेयक अर्थमन्त्री जनार्दन शर्माले पेश गरेका थिए ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा एमाले सांसदको नाराबाजीकाबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कार्यसूची अघि वढाएका थिए । प्रतिनिधिसभाबाट पारित भएको विनियोजन विधेयक अब भोलिको राष्ट्रियसभा बैठकमा पेश हुनेछ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्