काठमाडौं । नेपाल प्रहरीले १८ लाख ७५ हजार ५०० नगदसहित १३ जुवाडेलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका(७ हरमहादेवस्थित कमल दाहालको घरमा जुवा खेलिरहेको अवस्थामा बिहीबार बिहान १३ जनालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुनेगरी जुवा खेलिरहेका १३ जनालाई सात बुक ताससहित नियन्त्रणमा लिएको जानकारी दिए । पक्राउ व्यक्तिसँग प्रहरीले नगद, सात बुक तास र विभिन्न कलरका क्वाइन बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्