काठमाडौं । प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुईवटा विधेयक पारित भएका छन् । बिहीबार बसेको बैठकले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले पारित गरेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वेल घेराउ गरेर नाराबाजी जारी राखे पनि सभामुख अग्नि सापकोटाले बैठकको कार्यसूची अगाडि बढाएका थिए।
प्रतिनिधिसभाले यसअघि विनियोजन विधेयक २०७८ पारित गरिसकेको छ । सो विधेयक बिहीबार राष्ट्रियसभाबाटसमेत पारित भइसकेको छ । प्रतिनिधिसभाले बजेटसँग सम्बन्धित तीनवै विधेयक बहुमतले पारित गरेको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्