धनुषा । प्रदेश नं. २ को मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बैठक यही असोज २० गते आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । सोही दिन मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिन प्रदेशसभा समक्ष प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ ।
अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मन्त्रिपरिषद् बैठकले प्रदेशसभा बैठक असोज २० गते आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए । मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्