रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा खुकुरी प्रहार गरी एकजना मजदूरको हत्या गरिएको छ । उक्त घटनामा अर्का एक जना घाइते भएका छन् । वडा नं ३ बेतानीमा रहेको स–मिलमा काम गर्दै आएका पश्चिम नवलपरासीस्थित सुस्ताका अवधेश चमारको खुकुरी प्रहारबाट मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।
गएराति ११ बजे सोही उद्योगमा कार्यरत भारतीय मजदूर रवि सिंहले खुकुरी प्रहार गरी गम्भीर घाइते भएका अवधेशलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी प्रवक्ता थापाले बताए ।
सिंहले खुकुरी प्रहार गरी घाइते बनाएका अवधेशका पिता गोपिचन्दको भने अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सिंहलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्