कञ्चनपुर । न्याय, कानुन तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले बाढी, पहिरो र डुबानबाट मुलुकले ठूलो क्षति व्यहोर्नु परेको बताउँदै सरकारले योजनाबद्ध ढङ्गले राहत र पुनस्र्थापनाको काम गर्ने बताएका छन् ।
नेपाली कांग्रेस कञ्चनपुर शाखाले आज बिहान आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवालेसमेत राहत र पुनर्निर्माणका लागि विशेष चासो दिएको उल्लेख गरे ।
बाढी र पहिराबाट भएको क्षतिका कारण पुनर्निर्माणमा ढिलाइ भए पनि राहत प्याकेज तत्काल ल्याइने उनले बताए । ‘पुनर्निर्माणभन्दा पनि तत्काल राहत पाउनुपर्ने वर्ग किसान हो,’मन्त्री बडूले भने, ‘देशभरको क्षतिको अवस्था हेर्दा वैदेशिक सहायता जुटाएर पनि जनताको पीडामा मल्हम लगाउँछौँ ।’
फरक प्रसङ्गमा मन्त्री बडूले नेपाली कांग्रेसलाई मुलुक हाँक्ने जिम्मेवारी आएको बताए । ‘मुलुकको सफलता र संविधानको रक्षाका लागि सरकारमा आयौँ,’ उनले भने, ‘अहिले हाम्रासामु चुनौतीहरु पनि धेरै छन् ।’-रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्