काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वयंसेवक (सिटी भोलेन्टियर) का लागि आवेदन खुलाएको छ । महानगरले एक सुचना जारी गर्दै १ सय ४० जना स्वयंसेवकका लागि आवेदन खुलाएको हो ।
महानगरले स्वंयसेवक कार्यक्रम अन्तर्गत १ सय बालबालिका र वातावरण स्वयंसेवक र ४० जना सम्पदामा युवा र बालबालिका कार्यक्रमका लागि स्वयमसेवक लिन लागेको हो । २४ साताका लागि मागिएको आवदेन अनुसार छनोट भएका स्वयंसेवकले सातामा २ दिन समय दिनुपर्नेछ ।त्यसैगरी स्वयंसेवक कार्यक्रम अन्तर्गत सहरी वातावरण, हरित र सुन्दर विद्यालय, सम्पदा र पर्यटनका क्षेत्रमा साझेदार र समुदायसँग मिलेर काम गर्नुपर्ने हुन्छ ।
त्यस्तै, स्वयंसेवकका लागि फारम भर्न नाम, थर, स्थायी, अस्थायी ठेगाना, रुचि भरेर बुझाउनुपर्नेछ । आफू कुन विधामा इच्छुक हो, वातावरण तथा बालबालिका र सम्पदामा युवा तथा बालबालिकामध्ये एउटालाई छान्नुपर्ने जनाएको छ । साथै, सो क्षेत्रमा किन स्वयंसेवक बन्न खोजेको हो ? त्यसबारे २ सय शब्दसम्ममा धारणा लेखेर पठाउनुपर्ने महानगरले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्