काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका छन् । परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको मंगलबार बिहान सम्पन्न मतगणना अनुसार अधिकारीले अध्यक्षका अर्का प्रत्यासी भविश्वर शर्मालाई पराजित गरेका हुन् ।
महासचिवमा बद्रीप्रसाद तिमल्सिना, सचिवमा पुण्यराम लागेजु र कोषाध्यक्षमा प्रकाश थपलिया निर्वाचित भएका छन् । सदस्यमा भने कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, विनोद श्रेष्ठ, अमृत थोकर (लामा), सानुकाजी महर्जन, रमेश विश्वकर्मा र बद्रीप्रसाद अर्याल निर्वाचित भएको निर्वाचन अधिकृत प्रसाईँले बताएका छन् ।
कुल १५ सदस्यीय कार्यसमितिका लागि हुने मतदानमा १ हजार १ सय ९३ जनाले मतदाता रहेकामा १ हजार ३१ मतदाताले मतदान गरेका थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्