काठमाडौँ । कपिलवस्तुको शुद्धोदन गाउँपालिका– मा १ आचारसंहिता विपरीत चुनाव प्रचारमा हिँडेको भन्दै एमाले सांसद सवार गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । उपनिर्वाचनलाई प्रभावित पार्न खोजेको भन्दै प्रदेश सांसद एवं नेकपा एमाले नेताहरू सवार सरकारी गाडीलाई नियन्त्रणमा लिइएकोे हो ।
बिहीबार उक्त वडाको पतरियामा लुम्बिनी प्रदेशसभाको विषेशाधिकार समिति सभापति गिरिधारीलाल न्यौपानेले प्रयोग गर्ने बा १२९७ नम्बरको गाडी स्थानीयले नियन्त्रणमा लिएका हुन् । उक्त गाडीमा प्रदेशसभा सदस्य न्यौपाने, एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, पूर्व अध्यक्ष झविलाल पोखरेल लगायत नेताहरू सवार थिए । वडाध्यक्षका उम्मेदवार मोहमद ताहिर मुसलमानको पक्षमा मत माग्दै गरेको अवस्थामा नियन्त्रण लिएर प्रहरीको जिम्मा लगाएको मानव अधिकारकर्मीसमेत रहेका स्थानीय रबी ठाकुरले बताए ।
सहायक निर्वाचन अधिकृत अमर ओलीले स्थानीयले गाडी नियन्त्रणमा लिएको भन्ने सूचना पाएपछि प्रहरी पठाएको बताए । गाडी नियन्त्रमा लिएपछि माओवादी केन्द्र र जसपाका समर्थकले नाराबाजी गरेका थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्