काठमाडौं । नेकपा (एमाले)का नेता सूर्य थापाले पार्टीभित्रको कथित पुनर्गठन र रूपान्तरणको नाममा मुलुकमा अराजकता फैलाउने प्रयास भएको आरोप लगाएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै नेता थापाले जेनजीलाई मोहरा बनाएर देशमा आगजनी र अपमानजनक गतिविधि मच्चाइएको दाबी गरेका हुन् ।
उनले लेखेका छन्, ‘पार्टीमा कथित पुनर्गठन र रूपान्तरण भन्दै सार्वजनिक खपतका लागि रोइलो नगरौं, जेनजीलाई मोहरा बनाएर मच्चाइएको आगजनी र अपमान किमार्थ अनुकरणीय छैन ।’
थापाले यस्तो गतिविधि अनुकरणीय नभएको उल्लेख गर्दै नेतृत्वप्रति पनि अप्रत्यक्ष रूपमा असन्तुष्टि जनाएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्