Skip to content

बालेनलाई प्रधानमन्त्री बनाउन रवि तयार भए दुई भाइको एकता हुने, नत्र बालेन लौरो लिएर चुनावमा जाने !

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । रवि र बालेको एकता रवि लामिछानेको निर्णयमा भर पर्ने भएको छ । रविले बालेनलाई प्रधानमन्त्री बनाउन सहमत भए दुवै पक्ष एक भएर जाने देखिएको छ । अन्यथा बालेन छुट्टै पार्टीका साथमा अगाडी बढ्ने भएका छन् ।

रवि बालेनलाई प्रधानमन्त्री बनाउन सहमत नभए बालेन लौरो चुनाव लिएर अघि बढ्ने भएका छन् । यसका लागि बालेनको टीमले समानान्तर तयारी गरिरहेको छ ।

यतिसम्मकि बालेनले आफ्नो पार्टीमा हुने सम्भावित समानुपातिक उम्मेदवारको सूचीमा काम गर्नसमेत आफ्नो टीमलाई निर्देशन दिईसकेका छन् ।

बालेनको टिमले देश बिकास पार्टी नामक पार्टी दर्ता यस अघि नै गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्