Skip to content

तत्कालीन गृहमन्त्री लेखकको स्थानहद फुकुवा, ओलीको बयान बाँकी

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौँ – भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनासम्बन्धी छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा गरेको छ। लेखकसँग सोमवार र मंगलबार बयान लिइएको थियो र आज आयोगले उनको स्थानहद फुकुवा गर्ने निर्णय गरेको जनाएको छ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरिरहेको छ। सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि सञ्चारकर्मीलाई जानकारी दिँदै अध्यक्ष कार्कीले ओलीलाई बयानका लागि निमन्त्रणा गर्ने योजना रहेको बताए।

अध्यक्ष कार्कीले भने, “ओलीलाई झन्डै एक हप्ताको समय दिइनेछ र उहाँका लागि प्रश्नपत्र पनि तयार भइसकेको छ।”यस्तै, आयोगको कार्यअवधि एक महिना थप गरिएको छ र सो अवधिभित्र काम सकाएर सरकारलाई प्रतिवेदन बुझाउने पनि उनले जानकारी दिए।यसअघि आयोगले सबै अन्य प्रतिवादी र सम्बन्धित पक्षको बयान सकिसकेको छ र अब केवल तत्कालीन प्रधानमन्त्री ओलीको बयान बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्