काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६० भन्दा बढी कर्मचारी पदपूर्तिका लागि आवेदन फाराम खुलाएको छ। प्राधिकरणले अधिकृतदेखि सहायकस्तरसम्मका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो।
प्राधिकरणका अनुसार अधिकृत स्तरका सह- निर्देशकदेखि वातावरणविद सम्मका पदमा १३२ जना कर्मचारी भर्ना गरिनेछ। यस्तै, सहायकस्तरका मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर तथा लेखापाल पदमा १३० जनाका लागि विज्ञापन खुलाइएको छ।
योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र अनलाइन माध्यमबाट आवेदन दिन सक्नेछन्।
यसका साथै नेपाल विद्युत् प्राधिकरणले ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकन र कार्यक्षमता मूल्यांकनका आधारमा हुने बढुवाका लागि पनि विभिन्न पदमा आवेदन फाराम खुलाएको जनाएको छ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्