Skip to content

मतपत्र छपाइ तीव्र, फागुन १० भित्र जिल्लामा पठाइने

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि करिब ४ करोड मतपत्र छाप्ने तयारी गरेको छ। आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले मतपत्र छपाइसम्बन्धी जानकारी दिएका हुन्।

उनका अनुसार छापिएका मतपत्र फागुन १० गतेभित्र सबै जिल्लामा पठाइसक्ने लक्ष्य राखिएको छ। मतपत्रको साइज अझै अन्तिम टुंगोमा नपुगेकाले छपाइमा लाग्ने कुल खर्च हालसम्म यकिन गर्न नसकिने आयोगले जनाएको छ।

भट्टराईका अनुसार प्रत्यक्षतर्फका मतपत्र निर्वाचन क्षेत्रअनुसार फरक–फरक हुनेछन्। समानुपातिकतर्फका मतपत्र भने सेतो कागजमा कालो मसी प्रयोग गरी छापिने निर्णय भइसकेको छ। प्रत्यक्षतर्फका मतपत्रको रङ्ग र ढाँचाबारे निर्णय हुन भने अझै बाँकी रहेको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्