काठमाडौँ । वीरगञ्ज महानगरपालिका क्षेत्र सोमबार बिहानैदेखि फेरि तनावग्रस्त बनेको छ। विभिन्न हिन्दुवादी सङ्गठनहरूले विरोध प्रदर्शन सुरु गरेपछि स्थिति तनावपूर्ण बनेको हो।
धनुषामा भएको मस्जिद तोडफोडको घटनालाई लिएर आइतबार मुस्लिम समुदायले प्रदर्शन गरेको थियो। त्यसको विरोधस्वरूप तथा हिन्दु देवी–देवतामाथि अभद्र र आपत्तिजनक टिप्पणी गरिएको भन्दै सोमबार बिहान हिन्दुवादी सङ्गठनहरू प्रदर्शनमा उत्रिएका हुन्। सङ्गठनका अगुवाहरूले हिन्दु धर्मबारे अफवाह फैलाउने र अपमान गर्नेहरू विरुद्ध कारबाहीको माग गरेका छन्।
पर्सा प्रहरीले जनाएको छ कि अहिले मुस्लिम र हिन्दु समुदाय दुवैले वीरगञ्जमा एकअर्काविरुद्ध प्रदर्शन गरिरहेका छन्। दुबै पक्ष आमुन्नेसामुन्ने भएर प्रदर्शनमा उत्रिएपछि सुरक्षा कडा पारिएको छ। सम्भावित झडपलाई मध्यनजर गर्दै वीरगञ्जको मकालु चोकमा प्रवेशमा रोक लगाइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता राजु कार्कीका अनुसार, मकालु चोकबाट मुस्लिम बसोबास रहेको बस्ती छपकैयातर्फ जान रोक लगाइएको छ भने छपकैयाबाट मुख्य बजारतर्फ आउने मार्गमा पनि बन्देज लगाइएको छ।
प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले स्थितिलाई सामान्य बनाउन पहल थालेको छ। प्रशासनले निकास खोज्न हिन्दुवादी सङ्गठनका प्रतिनिधिसँग छलफल सुरु गरेको जनाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्