काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा जारी कर्फ्यु आदेश आज बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मका लागि थप गरेको छ।
यसअघि प्रशासनले सोमबार बेलुका ६ बजेदेखि मङ्गलबार बिहानसम्म कर्फ्यु आदेश जारी गरेको थियो। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले क्षेत्रको अवस्था अझै पूर्ण रूपमा सामान्य नभएकाले विवाद समाधानका प्रयास जारी राख्न कर्फ्यु अवधि थप गरिएको जानकारी दिनुभयो।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम वीरगञ्ज महानगरपालिका क्षेत्रमा चार किल्ला तोकी कर्फ्यु लागू गरिएको हो। कर्फ्यु अवधिमा सो क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाइने प्रशासनले जनाएको छ।
कर्फ्यु लागू हुने सीमा पूर्वमा बसपार्क, पश्चिममा सिर्सियापुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्म तोकिएको छ।
प्रजिअ दाहालले कर्फ्युका बेला सुरक्षाकर्मीले कडाइका साथ निगरानी गर्ने र आदेश उल्लङ्घन भए बल प्रयोगसमेत हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्नुभएको छ। घर बाहिर निस्कनै परे नजिकको सुरक्षाकर्मीसँग समन्वय गरेर मात्र निस्कन प्रशासनले अनुरोध गरेको छ।
कर्फ्यु अवधिमा एम्बुलेन्स, दमकललगायत अत्यावश्यक सेवाका सवारीसाधन भने सञ्चालन गर्न दिइने प्रशासनले स्पष्ट पारेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्