Skip to content

हिमालयमा हिउँ घट्दै, २ अर्ब मानिसको जलस्रोत जोखिममा

कालोपाटी

१२ घण्टा अगाडि

काठमाडौं । हिन्दुकुश–हिमालय क्षेत्रमा हिउँ र बरफको मात्रा तीव्र रूपमा घटिरहेको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को रिपोर्ट अनुसार सन् २०२५ मा हिमालय क्षेत्रमा हिउँ पर्ने अवधि विगत २३ वर्षकै न्यूनतम स्तरमा झरेको छ।

रिपोर्टले हिउँ टिक्ने अवधि सामान्यभन्दा २३.६ प्रतिशत कम भएको र लगातार तेस्रो वर्ष औसतभन्दा कम हिउँ परेको जनाएको छ। अध्ययनले पश्चिमी र मध्य हिमालयमा शीतकालीन वर्षा र हिमपात घटेको देखाएको छ।

भारतीय मौसम विभागका अनुसार डिसेम्बरमा उत्तर भारतका अधिकांश क्षेत्रमा वर्षा वा हिमपात रेकर्ड नभएको छ। वैज्ञानिकहरूले भूमध्यसागरबाट आउने पश्चिमी वायु प्रणाली कमजोर हुनु मुख्य कारण भएको बताएका छन्।

हिउँ र हिउँदे वर्षा कम हुँदा करीब २ अर्ब मानिसको जलस्रोतमा गम्भीर जोखिम उत्पन्न भएको छ। यसबाहेक हिमालयको हिउँ घट्दा:पानीको आपूर्ति कम हुनु,वनमा आगलागीको जोखिम बढ्नु,पहाड अस्थिर हुनु,चट्टान खस्नु, पहिरो जानु,हिमताल फुट्ने जस्ता प्रकोपहरू बढ्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन्।

प्रतिक्रिया दिनुहोस्