काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार देशमा शंकास्पद वित्तीय कारोबार बढेको छ। पछिल्लो एक वर्षमा ९,५६५ वटा शंकास्पद कारोबार भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा करिब ३०% बढी हो।
बैंकले विस्तृत विश्लेषणपछि ८५५ वटा रिपोर्ट आवश्यक अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरी, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ। यी प्रतिवेदनले सम्पत्ति शुद्धीकरण, कर छली र भ्रष्टाचार जस्ता वित्तीय अपराध पहिचान गर्न सहयोग गर्ने विश्वास गरिएको छ।
त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा गोएमएल प्रणालीमा आबद्ध संस्थाको संख्या १,६३८ बाट ३,४८७ पुगेको छ। नेपाल हाल एपीजीको ‘ग्रे-लिस्ट’मा रहेको कारण वित्तीय निगरानी तीव्र गरिएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्