Skip to content

घट्यो सुनचाँदीको मूल्य

कालोपाटी

५८ मिनेट अगाडि

काठमाडौं । नेपाली बजारमा सुनको चाँदीको मूल्य घटबढ भइरहेको छ । मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।योसँगै बुधबार छापावाल सुनको मूल्य ३ लाख ६ हजार ७०० रुपैयाँमा झरेको छ ।

मंगलबार ६ हजार ४०० रुपैयाँले बढेर ३ लाख ७ हजार ९०० रुपैयाँमा उक्लिएको सुनको मूल्य सोमबार २०० रुपैयाँले घटेर ३ लाख १ हजार ५०० रुपैयाँमा झरेको थियो । आइतबार सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले बढेर ३ लाख १ हजार ७०० रुपैयाँ पुगेको थियो ।

यसैगरी, बुधबार चाँदीको मूल्य ३५ रुपैयाँले घटेर ४ हजार ७४५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य ११० रुपैयाँले बढेर ४ हजार ७८० रुपैयाँ पुगेको थियो । सोमबार चाँदीको मूल्य २५ रुपैयाँले बढेर ४ हजार ६७० रुपैयाँ पुगेको थियो ।

आइतबार चाँदीको मूल्य ६५ रुपैयाँले बढेर ४ हजार ६४५ रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार