काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता लिन खोजेको आरोपमा महान्यायाधिवक्ता सविता भण्डारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।
उजुरीकर्ता युवराज सफलले बुधबार अख्तियारको केन्द्रीय कार्यालय टंगालमा उजुरी दर्ता गरेका छन्। उजुरीमा लामिछानेमाथि चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन तयारी भइरहेको र आर्थिक प्रलोभन वा प्रभावका आधारमा प्रक्रिया अघि बढाइएको आरोप लगाइएको छ।
उजुरीमा महान्यायाधिवक्ता भण्डारी र लामिछाने पक्षबीच गोप्य भेटघाट भएको भन्दै मुद्दा फिर्ताका लागि निवेदन अगाडि बढाइएको उल्लेख गरिएको छ।
साथै, यसअघि डिम्ब तस्करीसम्बन्धी मुद्दा नचलाउने निर्णयसम्बन्धी प्रक्रिया पनि आर्थिक चलखेलमा आधारित भएको उजुरीमा उल्लेख छ। उजुरीकर्ताले दुवै मुद्दासम्बन्धी सक्ल फाइल जफत गरी अनुसन्धान गर्न अख्तियारसँग माग गरेका छन्।
उजुरीमा भनिएको छ कि अदालतमा विचाराधीन मुद्दा चलखेलका आधारमा फिर्ता लिन खोज्नु पदको दुरुपयोग र भ्रष्टाचार हुने भएकाले कानुनअनुसार छानबिन र कारबाही हुनुपर्ने उल्लेख गरिएको छ।
युवराज सफलले रातोपाटीसँग भने, “यदि तत्काल अनुसन्धान प्रक्रिया अघि नबढाइयो भने म सर्वोच्च अदालत जान तयार छु। यसबारे गृहकार्य गरिरहेको छु।”
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्