Skip to content

सभापति गगनले पूर्व सभापति देउवा र आरजुलाई पनि टिकट दिने, कसैमाथि प्रतिशोध नसाध्ने !

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले कसैमाथि पनि प्रतिशोध नसाध्ने भएका छन् । निर्वाचन आयोगले थापाकै नेतृवको काँग्रेसलाई आधिकारिता दिएपछि उनले यस्तो बताएका हुन् ।

कांग्रेस पार्टी भृकुटीमण्डलमा आयोजित विशेष महाधिवेशनमा नआउनेको पनि भएको बताउँदै उनले देउवा र आरजुले समेत टिकट पाउने बताएका छन् ।

‘टिकट वितरणमा कसैले हारेको महसुस गर्नुपर्दैन । कसैलाई प्रतिशोध राखिंदैन ।’ उनले संचारकर्मीलाई प्रतिक्रिया दिँदै भनेका छन् ।

उनले अव एक ढिक्का भएर पार्टीमा लाग्नेसमेत बताएका छन् । उनले काँग्रेसको संस्थापनसँग पनि वार्ता गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार