काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदबाट राजीनामा दिने तयारी गरेका छन्। राजीनामा दिएलगत्तै उनी दिउँसो २ बजे बस्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा सहभागी हुने भएका छन्।
रास्वपाको केन्द्रीय समिति बैठकले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको टुंगो लगाउने बताइएको छ। उम्मेदवार छनोटपछि पार्टी सभापति रवि लामिछाने र बालेन शाह आजै जनकपुर जाने कार्यक्रमसमेत तय भएको छ।
बालेन शाह झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने तयारीमा छन्। सो क्षेत्रका लागि रास्वपाले सम्पर्क कार्यालयसमेत स्थापना गरिसकेको छ।
इन्जिनियरिङ विषयमा अध्ययन गरेका र र्यापरको छविबाट चर्चामा आएका बालेन २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा अत्यधिक लोकप्रिय मतसहित निर्वाचित भएका थिए। जेन–जी आन्दोलनपछि उनी रास्वपामा आबद्ध भएका हुन्।
यसअघि, गत पुस १३ गते रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन शाहले एउटै दलमार्फत प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गर्दै ७ बुँदे सम्झौतामा हस्ताक्षर गरेका थिए।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्