काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पदबाट राजीनामा दिएका छन्। उनले उपमेयर सुनिता डंगोललाई सम्बोधन गर्दै केही बेरअघि औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।
स्वतन्त्र उम्मेदवारका रूपमा मेयर निर्वाचित भएका बालेन साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत औपचारिक रूपमा दलको राजनीतिमा प्रवेश गर्दै संसदीय चुनाव लड्ने तयारीका साथ राजीनामा दिएका हुन्। हाल उनी रास्वपाका वरिष्ठ नेता भइसकेका छन्।
बालेन साह झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेका छन्।
राजीनामा पत्रमा उनले आफूले स्वेच्छाले पद त्याग गरेको उल्लेख गर्दै महानगर र नगरवासीको हितमा इमान्दारीपूर्वक काम गर्ने प्रयास गरेको बताएका छन्। साथै, आगामी दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास यात्रा अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै नगर कार्यपालिका र नेतृत्वलाई शुभेच्छा व्यक्त गरेका छन्।
“यस पदमा रहँदा काठमाडौं महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमान्दारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु,” राजीनामा पत्रमा उल्लेख छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्