काठमाडौँ । सामाजिक अभियन्ता आशिका तामाङले धादिङ–१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी घोषणा गरेकी छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट पाएकी हुन् र आगामी निर्वाचनमा आफ्नो क्षेत्रको मतदातासँग प्रत्यक्ष सम्पर्क गर्दै चुनाव लड्ने तयारीमा छन्।
सोमबार पार्टी कार्यालयमा गणेश पराजुलीले औपचारिक रूपमा उनलाई टिकट हस्तान्तरण गरे। पार्टीले आशिकालाई चुनावी रणभूमिमा सफलता पाउन शुभकामना दिएको छ।
धादिङ–१ क्षेत्रमा सामाजिक अभियन्ताको रूपमा परिचित आशिकाले आफ्नो उम्मेदवारीमार्फत स्थानीय विकास, शिक्षा र महिलामाथिको ध्यानजस्ता विषयलाई चुनावी एजेन्डामा राख्ने योजना बनाएकी छिन्। उनको उम्मेदवारीले यस क्षेत्रको राजनीतिमा रोचक प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको छ।
पार्टीका वरिष्ठ नेता र कार्यकर्ताहरूले आशिकाको अभियानमा सक्रिय समर्थन जनाउँदै मतदातासँग घरदैलो तथा क्षेत्रीय भ्रमणमा संलग्न हुने तयारी गरेका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्