Skip to content

मन्त्रीहरूले छाडेका मन्त्रालय प्रधानमन्त्री कार्कीले आफैं सम्हाल्ने

कालोपाटी

३ दिन अगाडि

काठमाडौं । पछिल्लो समय मन्त्रीहरूले क्रमशः राजीनामा दिएपछि उनीहरूले सम्हाल्दै आएका मन्त्रालयहरूको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीले आफैं सम्हाल्ने भएकी छन्।

आइतबार युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका थिए।

मन्त्रीहरूले राजीनामा दिएपछि प्रधानमन्त्री कार्कीले ती मन्त्रालयहरूको कार्यभार आफैं सम्हाल्ने गरी सिफारिस गरेकी थिइन्। सोही सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ती मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्रीलाई तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्का शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल तथा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले संविधान बमोजिम प्रधानमन्त्री समक्ष राजीनामा दिनुभएको हुँदा निजहरूले सम्हाल्दै आएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी तोकिएको छ।”

गुप्ता र खरेलले फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवारी दिनका लागि राजीनामा दिएका हुन् भने महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार