काठमाडौँ । पोखराबाट विभिन्न विषयमा अफवाह फैलाएको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ।
जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, प्रसाईंको बयान लिइसकिएको छ र हिरासतमा राख्नु आवश्यक नभएर उनी आफन्तको जिम्मामा छोडिएका हुन्।
उनी पोखरा–लेकसाइडमा आयोजित नागरिक सभालाई सम्बोधन गरी फर्किँदै गर्दा चाउथेबाट पक्राउ परेका थिए। प्रसाईंले कांग्रेसको आधिकारिकता विवादमा पैसा खाएर निर्वाचन आयोगले निर्णय लिएको भन्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए। यसपछि निर्वाचन आयोगले कारबाही प्रक्रियाको अनुरोध गर्दै आइतबार साइबर ब्युरोलाई पत्राचार गरेको थियो।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्