काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्यमा ह्वात्तै वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १० हजार ४ सय रुपैयाँले बढेको हो।
यसअघिको कारोबारमा प्रतितोला दुई लाख ८४ हजार ७ सय रुपैयाँमा रहेको छापावाला सुन बुधबार २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यता चाँदीको मूल्य पनि बढ्दै प्रतितोला ४० रुपैयाँले वृद्धि भई ५९२० रुपैयाँमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५३ हजार रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ५०७५.५० रुपैयाँ कायम छ।
विशेषज्ञहरूले यही रफ्तारले बढेछ भने छिट्टै सुनको मूल्य प्रतितोला तीन लाख रुपैयाँ नजिक पुग्ने अनुमान गरेका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्