Skip to content

काठमाडौँ महानगरले फुटपाथ र पार्किङ व्यवस्थापनलाई प्राथमिकता दिने

कालोपाटी

१ दिन अगाडि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी दिनमा फुटपाथ र पार्किङ व्यवस्थापनलाई प्राथमिकता दिने भएको छ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले यसबारे जानकारी दिएका हुन्। उनले धुलो, धुवाँ, सार्वजनिक शौचालय, सार्वजनिक सम्पत्ति संरक्षण र वर्कसप सम्बन्धी विषयमा नगर प्रहरीलाई विशेष ध्यान दिन निर्देशन दिएका छन्।

नगर प्रहरी प्रमुख जोशीले काम गर्न नआउने र शक्तिकेन्द्रमा धाउने प्रवृत्ति हटाउन पनि चेतावनी दिएका छन्। उनले अब धेरै विषय नियन्त्रणमा आएकाले मुख्य रूपमा निगरानी (मनिटरिङ) पर्याप्त हुने बताएका छन्।

सार्वजनिक स्थलमा धुम्रपान गर्न नदिन समेत महानगर प्रहरीलाई निर्देशन दिइएको छ भने विगतमा भएका सकारात्मक पहललाई निरन्तरता दिने योजना रहेको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार