Skip to content

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

कालोपाटी

९ मिनेट अगाडि

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई फास्ट ट्र्याक २०८३ चैत मसान्तभित्रै सम्पन्न गर्ने गरी काम भइरहेको जनाएको छ।

सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति ४५.१६ प्रतिशत र वित्तीय प्रगति ४५.३३ प्रतिशत पुगेको छ।

फास्ट ट्र्याकमा १०.९७९ किलोमिटर सुरुङमार्ग रहनेछ। लेनडाँडा र धेद्रे सुरुङको ब्रेकथ्रु भइसकेको छ भने महादेवटार सुरुङको करिब ७० प्रतिशत काम सम्पन्न भएको छ।

योजनाअन्तर्गत बन्नुपर्ने ८९ पुलमध्ये १३ वटा निर्माण सकिएको र बाँकी पुलको ठेक्का प्रक्रिया पूरा भई काम सुरु भएको सेनाले जनाएको छ।

निर्माणका क्रममा ५४ हजार रुख कटान गरिएकोमा हालसम्म ७ लाख ५० हजार बिरुवा रोपिएको र तीमध्ये १ लाख ५१ हजार सामुदायिक वनलाई हस्तान्तरण गरिएको छ।

खोकना क्षेत्रको विवाद भने अझै समाधान हुन नसकेको र सबै निकायसँग समन्वय गरेर समाधानको प्रयास भइरहेको सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार