Skip to content

सुनको मूल्यमा भारी गिरावट, प्रतितोला ३ लाख रुपैयाँमा

कालोपाटी

१५ घण्टा अगाडि

 काठमाडौं । नेपाली बजारमा आज (आईतबार) सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला १८,८०० रुपैयाँले घटेर ३ लाख रुपैयाँ कायम भएको छ।

यसअघि गत बिहीबार सुनको मूल्य हालसम्मकै उच्च ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १,५६५ रुपैयाँले घटेर ५,५०० रुपैयाँमा निर्धारण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार