Skip to content

आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । सोमबार पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ३ लाख रुपैयाँ कायम रहेको छापावाल सुनको मूल्य सोमबार घटेर २ लाख ८६ हजार ६०० रुपैयाँ पुगेको हो।

यसअघि बिहीबार सुनको मूल्य तोलामा ३ लाख ३९ हजार ३०० रुपैयाँसम्म पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो। त्यसयता सुनको भाउ निरन्तर घट्दो क्रममा रहेको छ।

यसैगरी चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा ५ हजार ५०० रुपैयाँ रहेको चाँदी सोमबार घटेर ५ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार