काठमाडौं । निर्वाचन आयोगले ६० जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको जनाएको छ। आयोगका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका मतपत्रको प्याकिङ कार्य क्रमशः भइरहेको छ।
आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा र अछाम जिल्लाका मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको छ। यस्तै, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा र सुनसरी जिल्लाको मतपत्र छपाइ र प्याकिङ कार्य पूरा भएको आयोगले जनाएको छ।
हालसम्म ६० जिल्लाको मतपत्र छपाइ सकिएको र बाँकी जिल्लाको प्याकिङ कार्य जारी रहेको आयोगको भनाइ छ। मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ भने प्याकिङ कार्य पनि क्रमशः सम्पन्न हुँदैछ।
मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको छ। आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ पूर्ण रूपमा सम्पन्न भइसकेको छ।
समानुपातिकतर्फ कुल २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ गरी प्याकिङ, रुजु तथा ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ। त्यसैगरी, प्रत्यक्षतर्फ २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्नेछ।
प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य यही माघ १६ गतेदेखि सुरु भएको हो। साथै, १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्