Skip to content

सुनको भाउ आज एकैदिन तोलामा ९ हजार ५ सय रुपैयाँले बढ्यो

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ उल्लेख्य रूपमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज एकैदिन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर तोलाको ३ लाख ५ सय रुपैयाँ पुगेको छ ।

यसअघि शुक्रबार सुनको भाउ तोलाको २ लाख ९१ हजार रुपैयाँ रहेको थियो । एकैदिन यति ठूलो वृद्धि भएपछि सुनको बजारमा चासो बढेको छ ।

यस्तै, चाँदीको भाउ पनि आज बढेको छ । चाँदी तोलामा ३ सय रुपैयाँले बढेर तोलाको ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार ७ सय १० रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारको उतारचढाव र स्थानीय मागका कारण सुनचाँदीको भाउमा प्रभाव परेको व्यवसायीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार