काठमाडौं । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने निर्वाचन लक्षित गर्दै निर्वाचनसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ।
निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा उत्कृष्ट तीन भिडियोलाई नगद पुरस्कार प्रदान गरिने आयोगले जनाएको छ। आयोगका अनुसार पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार रुपैयाँ पुरस्कार दिइनेछ।
प्रतियोगितामा सहभागी हुन निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षा सम्बन्धी विषयवस्तु समेटिएको एक मिनेटसम्मको भिडियो तयार गर्नुपर्नेछ। तयार भिडियो टिकटकका साथै युट्युब र फेसबुकमा पनि अपलोड गर्नुपर्ने आयोगले जनाएको छ।
अपलोड गरिएको भिडियोको लिंक फागुन ३ गतेदेखि १७ गतेभित्र निर्वाचन आयोगको इमेल [email protected] पठाउनुपर्नेछ। प्रतियोगिताको नतिजा भ्युजको आधारमा निर्धारण गरिने आयोगले स्पष्ट पारेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्