काठमाडौँ । खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधान गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र नियमन गर्ने भएको छ।
विभागले नेपाल आयल निगम र ठूला ग्यास उत्पादन कम्पनीहरूलाई ढुवानी र उत्पादन बढाउन निर्देशन दिएको छ। काठमाडौँ उपत्यकाका ग्यास बोटलिङ उद्योगलाई उपभोक्ताको मागअनुसार उत्पादन र वितरण सुनिश्चित गर्न भनिएको छ।
साथै, डिलर, रिटेलर र सप्लायर्स कम्पनीहरूले अनावश्यक सञ्चय नगरी समन्वयपूर्ण वितरण गर्नुपर्ने र उपभोक्ताले आवश्यक मात्रामा खरिद गर्न सहयोग पुर्याउन आग्रह गरिएको छ। विभागले आपूर्ति श्रृंखलाको अनुगमन र विश्लेषण पनि जारी राख्ने जनाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्