Skip to content

चुनावका लागि आवश्यक सामग्री छपाएर निर्वाचन आयोगमा ल्याउन शुरू

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आवश्यक छपाइ सामग्री निर्वाचन आयोगमा आउन शुरू भएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीको छापाखानामा मतदान निर्देशिका, मतगणना निर्देशिका, निर्वाचनसम्बन्धी ऐन, नियम र अन्य आवश्यक निर्देशिका छापिई आयोगमा पठाउन सुरु गरिएको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो।

प्राप्त छपाइ सामग्री निर्वाचनका अन्य सामग्रीसँगै ७७ वटै जिल्लामा वितरणका लागि तयारीमा राखिएको छ। प्रतिष्ठानबाट पहिलो चरणमा पाँच हजार छपाइ सामग्री आयोगमा आएको छ। बाँकी सामग्री पनि क्रमशः आइपुगेपछि जिल्लाहरूमा पठाउने तयारी भइरहेको छ। मतपत्र भने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छापिँदै आएको आयोगले जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार