Skip to content

बालेनले मुस्कुराउँदै माइकबाटै भने-‘बोल्नै दिँदैनन् यार !’

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीं (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले आज चितवनमा बोल्ने क्रममा समर्थकले उनको नाम लिएर चर्को हुटिङ गरे । केहीबेर बालेनको भाषण नै अवरुद्ध भयो ।

रास्वपा सभापति रवि लामिछानेको क्षेत्रमा उनीसँगै मञ्च सेयर गरेका बालेनको गज्जब क्रेज देखियो । उनले सामान्य कुरा बोल्दा पनि समर्थकहरुले ठूलो स्वरमा हुटिङ गरेका थिए ।

बोल्ने क्रममा हुटिङ बढ्दै गएपछि बोलेन रोकिए । मुस्कुराँदै भिडलाई भने– आइ लभ यू छ क्या । हुटिङ झनै चर्कियो बालेनले टाउको कन्याए। अनि मुस्कुराउँदै भने– बोल्नै दिँदैनन् यार ।

समर्थक रोकिएनन् । बालेनले फेरि भने– म अब के गरौं रु गीत बजाउँ रु नाचु रु’ केहीबेरपछि हुटिङ अलिक मत्थर भयो र बालेनले आफ्नो भाषणलाई अघि बढाए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार