Skip to content

कालोपाटी डटकमको इलेक्सन पोर्टल सार्वजनिक, चुनावी परिणाम, समाचार र तथ्यांक अव एकै ठाउँमा !

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । कालोपाटी न्युज नेटवर्क प्रालिद्वारा सञ्चालित कालोपाटी डटकमको इलेक्सन पोर्टल इलेक्सन डट कालोपाटी डटकम सार्वजनिक भएको छ । फागुन २१ गतेको निर्वाचनसँग सम्बन्धित मतगणनाका पलपलका अपडेट, समाचार र उम्मेदवारको जानकारी दिनेगरी  विशेष इलेक्सन पोर्टल ल्याइएको हो ।

कालोपाटी डटकमको होम पेजबाट चुनावी पोर्टलमा गएर वा सिधै इलेक्सन डट कालोपाटी डटकममा गएर चुनावी अपडेट लिन, उम्मेदवारबारे जानकारी लिन, हट सिटकाबारे जानकारी लिन, चर्चित उम्मेदवारबारे जानकारी लिन र मतदाता शिक्षासम्बन्धि ज्ञान लिन सक्ने व्यवस्था मिलाइएको छ ।

निर्वाचन सकिएपछि मतपरिणाम पनि कालोपाटीको इलेक्सन पोर्टलमा हेर्न सकिन्छ भने चुनावसँग सम्बन्धित सबै सूचना तथा समाचार पनि सो पोर्टलमा हेर्न सकिने कालोपाटी डटकमका सम्पादक मनोज केसीले बताए ।

केसीका अनुसार इलेक्सन पोर्टलमा क्षेत्रगत उम्मेदवारको विवरण, दल विवरण, सबै उम्मेदवारहरुको मतान्तर, सबै दलका घोषणापत्र र मतदाता शिक्षा एकै ठाउँमा राखेर इलेक्सन पोर्टल निर्माण गरिएको छ ।

कालोपाटी डटकमको इलेक्सन पोर्टलसम्बन्धि कुनै सल्लाह, सुझाव वा प्रतिक्रिया भए [email protected] मा इमेल गर्नसमेत केसीले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार