Skip to content

झापामा ४५ प्रतिशत मत खस्यो

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौँ । झापामा ४५ प्रतिशत मत खसेको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक गरेको विवरण अनुसार दिउसो १ बजेसम्ममा ४५ प्रतिशत मत खसेको हो ।

हालसम्म दुई लाख ९२ हजार ८५८ जनाले मतदान गरेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।

झापामा उत्साहजनक रुपमा मतदाता मतदान केन्द्रमा आएका छन् । झापामा कुल सात लाख १३ हजार ५३७ मतदाता रहेका छन् । जिल्लाभर २८५ मतदानस्थल र ८१५ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार