काठमाडौँ। प्रतिनिधीसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उम्मेद्वार महावीर पुन करिब ४ हजार मतगणना बाँकी हुँदा १२ हजार ६०० बढी मतान्तरले अगाडि छन् ।
धवलागिरी, मालिका, मंगला गाउँपालिका, बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको ४१ वटा वडाको मतगणना सकिदाँ पुनले २० हजार २०८ मतसहित अग्रता बनाएका छन् ।
पुनको गृहपालिका अन्नपूर्ण गाउँपालिकाको ५, ६, ७ र ८ को ३९०० मत गणना हुँन बाँकी छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ५२४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले जानकारी दिए ।
नेपाली काँग्रेसका कर्णबहादुर भण्डारी (के.बी.)ले ६ हजार २७५, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले ३ हजार ४१२ मत प्राप्त गरेका छन् । बिहीबार भएको मतदानमा म्याग्दीमा ४६ हजार २१५ मत खसेको थियो । ४२ हजार ४४५ मतगणना सकिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्