काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म २७ क्षेत्रमा जित निकालेको छ । बिहान १०ः१५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले ९० निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।
आयोगका अनुसार रास्वपाबाट मोरङ क्षेत्र नं -४मा सन्तोष राजवंशी, मोरङ -६मा रुविना आचार्य, धनुषा -३मा मनिष झा, महोत्तरी -१मा प्रमोदकुमार महतो, बारा -३मा अरविन्द साह, पर्सा -१मा बुद्धिप्रसाद पन्त, काठमाडौँ -१मा रन्जु न्यौपाने, काठमाडौँ -२मा सुनिल केसी, काठमाडौँ -३मा राजुनाथ पाण्डे, काठमाडौँ -४मा पुकार बम, काठमाडौँ -५ मा सस्मित पोखरेल, काठमाडौँ -६मा शिशिर खनाल, काठमाडौँ -७मा गणेश पराजुली, काठमाडौँ -८मा विराजभक्त श्रेष्ठ, काठमाडौँ -९मा डोलप्रसाद अर्याल, काठमाडौँ- १०मा प्रदीप विष्ट र भक्तपुर -१मा रुकेश रञ्जित निर्वाचित भइसकेका छन् ।
यस्तै चितवन क्षेत्र नं -२मा रवि लामिछाने, कास्की क्षेत्र नं -२मा उत्तमप्रसाद पौडेल, कास्की -३मा वीना गुरुङ, स्याङ्जा -१मा धनन्जय रेग्मी, पर्वत -१मा सागर भुसाल, रुपन्देही -२मा सुलभ खरेल, रुपन्देही -३मा डा लेखजङ्ग थापा, रुपन्देही ४ बाट कन्हैया बनिया, बाँके निर्वाचन क्षेत्र नं -१मा सुरेशकुमार चौधरी, बाँके -३मा खगेन्द्र सुनार र कैलाली १ मा कोमल ज्ञवाली विजयी भएका छन् ।
आयोगका अनुसार हालसम्म ३४ स्थानमा नतिजा सार्वजनिक भइसकेको छ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ कूल १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १६१ निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ ।
नेपाली कांग्रेसले चार क्षेत्रमा जित निकालेको छ । तेह्रथुम क्षेत्र नं -१मा सन्तोष सुब्बा, मनाङ १ मा कांग्रेसका टेकबहादुर गुरुङ, मुस्ताङ निर्वाचन क्षेत्र नं -१मा योगेश गौचन थकाली र दैलेख क्षेत्र नं -१ मा बासना थापा विजयी भएका छन् । जारी मतगणनामा कांग्रेसका उम्मेदवार १० स्थानमा अगाडि रहेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट रुकुम पूर्व निर्वाचन क्षेत्र नं -१ बाट सो पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भइसकेका छन् । नेकपाका उम्मेदवार जारी मतगणनामा ११ क्षेत्रमा अग्रस्थानमा रहेका छन् । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०बाट बाँके निर्वाचन क्षेत्र नं १ मा मोहम्मद इश्तियाक राई विजयी भएका छन् । एमालेका उम्मेदवार १० निर्वाचन क्षेत्रमा अगाडि रहेका छन् ।
म्याग्दी निर्वाचन क्षेत्र नं -१ बाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भइसकेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको थियो । श्रम संस्कृति पार्टीका उम्मेदवार पाँच र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एक स्थानमा अगाडि छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्