काठमाण्डौ । चालू आर्थिक वर्ष २०८२र८३ को ७ महिनामा १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षका ७ महिना ९माघ मसान्तसम्म० को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गएको आर्थिक वर्षको यही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स ३९ दशमलव ८ प्रतिशतले बढेको हो ।
अघिल्लो महिना माघमा मात्रै १ खर्ब ९८ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । अघिल्लो वर्षको यही महिनामा १ खर्ब ३७ अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
यस्तै ७ महिनामा वैदेशिक रोजगारीका लागि २ लाख ४५ हजार १५३ जनाले अन्तिम श्रम स्वीकृति र २ लाख २७ हजार ४२४ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको यही अवधिमा २ लाख ७४ हजार ६२२ जनाले अन्तिम श्रम स्वीकृत र १ लाख ९० हजार ८८६ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्