Skip to content

रास्वपाका समानुपातिक सांसदको नाम सार्वजनीक

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फबाट सांसदको टुंगो लगाएको छ । आइतबार बसेको रास्वपाको सचिवालय बैठकले नाम टुंगो लगाएर निर्वाचन आयोगमा सिफारिस गरेपनि सार्वजनिक गरेको थिएन ।

रास्वपाले समानुपातिकतर्फको सांसदको नाम सार्वजनिक गरेको छ । रास्वपाले विभिन्न कलस्टरबाट ४८ महिला र ९ जना पुरुष गरी ५७ जनाको नाम सार्वजनीक गरेको छ ।

खसआर्य महिलातर्फबाट प्रतिभा रावल, रचना खतिवडा खत्री, लिमा अधिकारी आचार्य, विदुषी राणा, समीक्षा बाँस्कोटा, श्रद्धा कुँवर क्षेत्री, टीका संग्रौला, क्रान्तिशिखा धिताल रहेका छन् ।

यस्तै, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुषाल,प्रभा कार्की,शोभा खनाल,रत्नाकुमारी थापा,ज्ञानु पौडेल र प्रभाव ढकाल गरी १६ जना रहेका छन् । खसआर्य पुरुषबाट रमेश प्रसाईं रहेका छन् ।

थारु महिलाबाट गीता चौधरी र करिश्मा कठरिया गरी २ जना रहेका छन् । यसैगरी थारु पुरुषबाट सुरेन्द्र चौधरी र प्रेमलाल चौधरी रहेका छन् ।
मधेशी महिलाबाट पुनमकुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामिनी कुमारी र सुनिताकुमारी चौधरी गरी ७ जना रहेका छन् ।

मधेशी पुरुषबाट पुरुषोत्तम शुप्रभात यादव र खगेन्द्र कर्ण रहेका छन् । मुस्लिम महिलाबाट समिना मियाँ, अफ्सना बानु र गजाला शमीम मिकरानी रहेका छन् ।

यसैगरी दलित महिला रिमा विश्वकर्मा, अमृता विक, सीता बादी, स्मृति सेन्चुरी, सुष्मा स्वर्णकार (डिम्पल), तारा विश्वकर्मा र खिमा विक गरी ७ जना रहेका छन् । दलित पुरुषबाट प्रकाशचन्द्र दर्जी रहेका छन् ।

आदिवासी जनजातितर्फ बसुमाया तामाङ, गंगा छन्त्याल, सुम्निमा उदास, अनुष्का श्रेष्ठ, ओजश्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुशुम महर्जन, भूमिका श्रेष्ठ, प्रमिला कुलूजु, सुजाता तामाङ, कृपा महर्जन, एलिजा गुरुङ गरी १३ जना महिला रहेका छन् । आदिवासी जनजाति पुरुषबाट राम लामा, खुश्बुसरकार श्रेष्ठ र मिङमा ग्याबु शेर्पा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार