Skip to content

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । मिथिलाञ्चलमा श्रद्धा र आस्थाको महान् पर्व चैती छठ आजदेखि विधिवत् सुरु भएको छ । तराईका विभिन्न जिल्लामा यस पर्वलाई चार दिनसम्म विशेष धार्मिक विधिअनुसार मनाइने गरिन्छ ।

महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा र पर्सालगायतका जिल्लामा व्रतीहरूले आज ‘नहा खा’ विधिबाट पर्वको सुरुआत गरेका छन् । यस दिन स्नान गरी शुद्ध भोजन ग्रहण गर्ने परम्परा रहिआएको छ ।

पर्वका अवसरमा गाउँ–सहरका पोखरी, तलाउ तथा नदी किनारमा चहलपहल बढेको छ । सत्य, अहिंसा र प्रकृतिप्रतिको श्रद्धा झल्काउने यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिने विशेष परम्परा छ । परिवारको सुख, शान्ति, समृद्धि र स्वास्थ्यको कामनासहित व्रतीहरू कठोर उपवास बस्ने गर्दछन् ।

दोस्रो दिन ‘खर्ना’, तेस्रो दिन सन्ध्याकालीन अर्घ र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी चैती छठ पर्व सम्पन्न गरिन्छ ।
यस क्रममा ठकुवा, खजुरिया, पेरुकियाजस्ता परिकार तथा विभिन्न फलफूल अर्पण गर्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार