Skip to content

भोलिको केन्द्रीय समिति बैठक गगन थापाकै सभापतित्वमा बस्ने

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा भोलिको केन्द्रीय समिति बैठकमा सहभागी हुने भएका छन्।

हिजो बसेको केन्द्रीय समिति बैठकले सभापति थापाले दिएको राजीनामा अस्वीकृत गरिसकेकाले भोलिको बैठकमा सहभागी हुने केन्द्रीय सदस्य मधु आचार्यले बताए।

उनले भने, ‘उहाँको राजीनामा बैठकले अस्वीकृत गरिसकेको छ। त्यसैले भोलिको बैठक उहाँकै सभापतित्वमा बस्छ।’

उनले विशेष महाधिवेशनबाट आएको नेतृत्वको जिम्मेवारी एउटा चुनाव हार र जितसँग जोडेर हेर्न नमिल्ने उनले तर्क गरे। पार्टीलाई सम्हालेर १५ औँ महाधिवेशनतिर पार्टीलाई लैजाने जिम्मेवारी सभापति थापाकै काँधमा रहेको बताए।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दै छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

प्रतिनिधि सभाको निर्वाचनमा धक्का खाएपछि गगन नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि सुरु गरेको छ । देउवा पक्षले बेग्लै केन्द्रीय समिति बैठक राख्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार