Skip to content

‘अब फेरि कसैले कहिल्यै रगत बगाउन नपरोस्’: भीष्मराज आङ्देम्बे

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिक इतिहास सम्झँदै अब हिंसात्मक संघर्षको पुनरावृत्ति नहोस् भन्ने संकल्प गर्नुपर्ने बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले आगामी दिनमा फेरि कसैले कहिल्यै रगत बगाउन नपरोस् भन्ने साझा प्रतिवद्धता गर्न पनि आग्रह गर्नुभयो ।

राष्ट्र निर्माणको यात्रामा विभिन्न कालखण्डमा भएका आन्दोलन र त्यागको स्मरण गर्दै जनतामा नयाँ आशा र विश्वास जगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले फरक–फरक विचार र आस्था बोके पनि सबै एउटै थलोमा उभिएको बताउनु भयो ।

नेता आङ्देम्बेले दलगत भिन्नता भन्दा माथि उठेर राष्ट्रप्रति इमान्दार बन्नुपर्ने उल्लेख गर्दै सबैलाई ‘इमानको पसिना बगाउने’ संकल्प गर्न आग्रह गर्नुभयो । उहाँले वितेका ३५ वर्षमा केही पनि भएन भन्ने भाष्यलाई चिर्न आवश्यक रहेको बताउनुभयो । उहाँले १० वर्षे जनयुद्ध, भुकम्प, कोरोना लगायतका प्रतिकुल समयमा पनि देशमा विकास भएको दाबी गर्नुभयो । उहाँले भएका कामका बारेमा जानकारी गराएर बाँकी धेरै काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी एकै थलोमा भएरपनि भिन्नभिन्न आस्था र विचार बोकेर यहाँ छोँ, तर भिन्न रहेपनि एउटै नाउकामा छौँ । ढुबे सबै संगै ढुब्छौँ, उठे सबै संगै उठ्छौ, दल भिन्न होला, देश एउटै हो । त्यसैले आज ईमानको पसिना बगाउने संकल्प गरौँ, अनि संकल्प गरौँ अब फेरि कसैले कहिल्यै रगत बगाउन नपरोस् ।’

उहाँले संसदीय प्रणाली सबैभन्दा उत्कृष्ट प्रणाली भएको बताउनु भयो । उहाँले संसदीय प्रणालीमाथी प्रहार गर्ने शक्तिहरु समेत हाल संसदमा नै शालिनतामा साथ बसेको उल्लेख गर्नुभयो । काँग्रेसले निरन्तरताको नविनतामा विश्वास राख्ने बताउनुभयो । उहाँले जेनजी विद्रोहलाई निष्कर्षमा पु¥याउन काँग्रेस प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले काँग्रेस समयसँगै परिर्वतन हुन तयार रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार