काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका चार वटा मुख्य निर्णय सार्वजनिक गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरिएको जानकारी दिए ।
उनका अनुसार बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधनलाई पनि स्वीकृति दिएको छ ।
त्यस्तै, सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्य सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय गरिएको मन्त्री तिमल्सिनाले बताए ।
बैठकले भूमि सम्बन्धी (एक्काइसौँ संशोधन) नियमहरू, २०८३ लाई समेत स्वीकृत गरेको उनले जानकारी दिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्